शव चिन्न फरेन्सिक टोली परिचालन
काठमाडौँ, भदौ १३ गते । बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि भरतपुर अस्पतालमा चार वटा फरेन्सिक विज्ञको टोली परिचालन गरिएको छ । विभिन्न स्थानबाट ल्याइएका शवको पोस्टमार्टमसँगै पहिचानका लागि डिएनए नमुना सङ्कलन गर्ने काम भइरहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेले दिनुभएको जानकारी अनुसार अस्पतालका फरेन्सिक विज्ञ डा. कश्यप श्रे...








