झापा। रोजगारी तथा व्यवसायका लागि रसुवा पुगेका झापाका १२ जना भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्। बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सम्पर्कविहीनमध्ये १० जना झापाका तथा इलाम र सप्तरीका एक एक जना छन्। उनीहरूमध्ये केही जलविद्युत् आयोजना तथा निर्माण कम्पनीमा कार्यरत थिए।

सम्पर्कविहीन हुनेमा बुद्धशान्ति २ का राजकुमार दियाली, उनकी श्रीमती श्रुती र चार वर्षीय छोरा श्रीराजसहित मेचीनगर, कनकाई, शिवसताक्षी, गौरीगञ्ज र दमकका बासिन्दा रहेका छन्। इलामका विनोद राई र सप्तरीका नवीन श्रेष्ठ पनि सम्पर्कविहीन छन्।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा पुगेका अन्य झापालीको अवस्थाबारे समेत खोजी भइरहेको जनाएको छ। जोखिममा रहेका व्यक्तिबारे जानकारी भए प्रहरी, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया