काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सहयोग गर्ने बताएका छन् ।
ह्वाइटहाउसमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने र अमेरिकाले राहत पठाउदै गरेको बताएका हुन् ।
उनले भने- ‘हामी सबै आवश्यक सहयोग गर्न तयार छौं, हाम्रो नेपालसँग राम्रो सम्बन्ध छ । निकै ठुलो लेदो र पानीको बाढी आएको छ । यस्तो अहिलेसम्म देखिएको छैन । हामीले नेपालको सरकारसँग कुरा गरिरहेका छौं र सहयोग पठाउदैछौं । अहिलेसम्म ५० देखि ६० अमेरिकी नागरिक सम्पर्कमा नरहेको र विस्तृत जानकारी आउन बाँकी छ । केहि भेटिने सम्भावना कम रहेको छ ।’
नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म भोटेकोशी बाढीबाट ६५ अमेरिकी नागरिक सम्पर्कविहिन रहेका छन् ।





