काठमाडौँ, भदौ १२ गते । नेपाल प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला परेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, नवलपरासी पूर्वमा ११२ जना, नुवाकोटामा ३७ जना, चितवनमा १८६ जना, तनहुँमा २९ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ ।
हालसम्म २८ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ८७ छ ।




