बिमा क्षेत्र सुधार्न अध्ययन तथा सुझाव समिति गठन

बिमा क्षेत्र सुधार्न अध्ययन तथा सुझाव समिति गठन
काठमाडौं। अर्थ मन्त्रालयले बिमा क्षेत्र सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न समिति गठन गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नुभएको हो। समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ।

साउन १९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

साउन १९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक विवादमा तानिने सम्भावना छ । जिम्मेवारी बढ्ने भएकाले व्यक्तिगत जीवनमा समय दिन कठिन हुन सक्छ । मानसिक तनाव र प्रतिस्पर्धीको गतिविधिप्रति सतर्क रहनु उपयुक्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यवसाय र पेशामा प्रगतिको संकेत छ । रोकिएका काम पूरा हुने सम्भावना छ भने साथी भाइसँगको भेटघाटले दिन रमाइलो बन्न सक्छ । लक्ष्यमा केन्द्रित भएर अघ...

डिडिसीको नयाँ आउटलेट काठमाडौंको कलंकी चोकमा पनि सञ्चालनमा आयो

डिडिसीको नयाँ आउटलेट काठमाडौंको कलंकी चोकमा पनि सञ्चालनमा आयो
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको कलंकी चोकमा नै नयाँ आउटलेट सोमबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले गरेका हुन् । ठूलो जनघनत्व रहेको कलंकी चोकमा संचालनमा ल्याइएको नयाँ आउटलेट उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको महाप्रबन्धक डा. पाण्डेले बताए । उनका अनुसार साउन महिनाभरि नयाँ अवधारणा र नयाँ मोडे...

शान्ति र सामाजिक सद्भावका लागि संयमता अपनाउन विजय कृष्ण मूर्ती महाराजको आग्रह

शान्ति र सामाजिक सद्भावका लागि संयमता अपनाउन विजय कृष्ण मूर्ती महाराजको आग्रह
काठमाडौं । बालयोगेश्वर यज्ञ शिरोमणि विजय कृष्ण मूर्ती महाराजले देशमा पछिल्ला दिनमा विकसित संवेदनशील परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। एक विज्ञप्तिमार्फत महाराजले भावनामा बहेर होइन, बुद्धि, विवेक र संयमताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै एक व्यक्तिको सानो गल्तीले वर्षौँदेखि कायम रहेको सामाजिक सद्भाव क्षणभरमै ...

बसले ठक्कर दिएपछि सुनकोशीमा खस्यो कार

बसले ठक्कर दिएपछि सुनकोशीमा खस्यो कार
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित बिपी राजमार्ग खण्डमा सोमबार बिहान एउटा कार सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त भएको छ। विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि नियन्त्रण गुमाएर सो कार नदीमा खसेको हो। कारमा कति जना यात्रु सवार थिए र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे हालसम्म यकिन हुन सकेको छैन। घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट उद्धारका लागि प्रहरी टोल...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना उम्मेदवार छनोट

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना उम्मेदवार छनोट
काठमाडौं। काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति छनोट गर्ने प्रक्रिया अघि बढेको छ। विश्वविद्यालयले उपकुलपति पदका लागि प्राप्त दरखास्तहरूमध्येबाट १० जना उम्मेदवारको संक्षिप्त सूची तयार पारी सार्वजनिक गरेको छ। 'काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३' अनुसार वर्णानुक्रममा तयार गरिएको उक्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, ब...

भारतले ८४ हजार करोड खर्चेर समुन्द्रमा तेल र ग्याँसको भण्डार खोज्ने

भारतले ८४ हजार करोड खर्चेर समुन्द्रमा तेल र ग्याँसको भण्डार खोज्ने
नयाँ दिल्ली, १८ साउन । भारतले अब समुन्द्र र महासागरमा तेल तथा ग्याँसजन्य खनिज पदार्थको खोजीलाई अभियानको रूपमा चलाउने भएको छ।   भारतको केन्द्रीय मन्त्रिपरिषद्ले गत शुक्रबार समुद्र मन्थन अर्थात राष्ट्रिय अपतटीय अन्वेषण योजनालाई स्वीकृति प्रदान गरेसँगै भारत समुन्द्र र महासागरमा तेल तथा ग्याँसको खोजी अभियानमा जुटन लागेको हो। पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयद्वारा प्रस्तावित यस योजन...

किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन’ मा दुई जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

किङ्स लाउन्जको ‘प्रेडिक्ट एण्ड विन’ मा दुई जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित किङ्स लाउन्जमा हालै सम्पन्न विश्वकप फुटबलको 'प्रेडिक्ट एण्ड विन' कार्यक्रम अन्तर्गतको लक्की ड्र सम्पन्न भएको छ। अभियानको तेस्रो संस्करणमा २०२६ को विश्वकप प्रेडिक्सनमा सहभागी ग्राहकहरूलाई समेटिएको र गोर्खा ब्रुअरीको प्रायोजन र किङ्स लाउन्जको आयोजनामा भएको उक्त कार्यक्रममा ४०० भन्दा बढी कुपनहरू संकलन गरिएको किङ्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङले जानक...

देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीको छापा

देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीको छापा
काठमाडौं । विराटनगरको औद्योगिक घराना देवेनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले मंगलबार बिहान छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका-७ मेघराज मार्गस्थित घरमा पुगेर छापा मारेको हो । देवनरा ग्रुप विराटनगरका उद्योगपति देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो । यी चार दाजुभाइले समूहमार्फ...

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ
काठमाडौं। प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको छ। प्रसाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राती भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। उनी यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्। प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्र...