काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशक थिए।

त्यसभन्दा अघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वतस् पदमुक्त भएका थिए। शाक्यलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएकोमा सर्वोच्चको परमादेशसँगै पुनर्बहाली भएका थिए।

तपाईको प्रतिक्रिया