काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ। काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो ।

धरौटी नबुझाएपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ। रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेका थिए। छलफल सकेर निस्किए लगत्तै सिंहदरबार अगाडिबाट उनी पक्राउ परेका थिए। उनीविरुद्ध १० वटा बैकिङ कसुरको मुद्दा रहेको खुलेको थियो।

तपाईको प्रतिक्रिया