विद्यालय तहका प्रवेश परीक्षा तयारी र ब्रिजकोर्स मात्रै बन्द गर्ने निर्णय

विद्यालय तहका प्रवेश परीक्षा तयारी र ब्रिजकोर्स मात्रै बन्द गर्ने निर्णय
काठमाण्डौ - शिक्षामन्त्री सस्मित पोखरेलले एसइइ दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताउनुभएको छ । हिजो मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा उहाँले एसइइ दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताउनुभयो । यसअघि मन्त्रालय...

स्वास्थ्य बीमाका सेवाग्राहीमाथि भेदभाव गरिए कारबाही हुने

स्वास्थ्य बीमाका सेवाग्राहीमाथि भेदभाव गरिए कारबाही हुने
काठमाण्डौ - स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिँदा कुनै पनि प्रकारको विभेद नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । बीमित सेवाग्राहीप्रति असमान व्यवहार भएको गुनासो आएपछि बोर्डले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनअनुसार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो । बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण पालना गर्न...

ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी

ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङद्वारा साइबर ब्युरोमा उजुरी
काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ । अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिनुभयो । ‘मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिई टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा ...

चैत १९ गतेबाट सुरु हुने एसईईको तयारी पुरा

चैत १९ गतेबाट सुरु हुने एसईईको तयारी पुरा
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ । बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको हो । चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यो वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमित...

कमलादीस्थित एक रेष्टुरेन्टमा आगलागी

कमलादीस्थित एक रेष्टुरेन्टमा आगलागी
काठमाडौं । काठमाडौंको कमलादीस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ । आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघर रहेको भवनमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।

जेनजी मुभमेन्ट नेपालद्वारा ओली र लेखक पक्राउको स्वागत

जेनजी मुभमेन्ट नेपालद्वारा ओली र लेखक पक्राउको स्वागत
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ । शनिबार उक्त सङ्गठनले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो । साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक...

घर निर्माण प्रदर्शनीमा गुणस्तरीय निर्माण सामग्री र घर सुरक्षा सम्बन्धी छलफल

घर निर्माण प्रदर्शनीमा गुणस्तरीय निर्माण सामग्री र घर सुरक्षा सम्बन्धी छलफल
विराटनगर/ उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माण प्रदर्शनीको आज दोस्रो दिन गुणस्तरीय निर्माण सामग्री र घर सुरक्षा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। निर्माण प्रदर्शनीमा जारी थिमेटिक सेसनको पहिलो दिनमा विषय विज्ञहरूको सहभागितामा अन्तरक्रिया र छलफल सम्पन्न भएको हो। सेसनको पहिलो सत्रमा ुनिर्माण सामग्रीको गुणस्तर कसरी जाँच्नेु शीर्षकमा बोल्दै इन्जिनियर अमितकुमार गुप्ताले घ...

दाउन्नेमा ट्रकले बस र पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते

दाउन्नेमा ट्रकले बस र पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
नवलपरासी। नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्। राती करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअ...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय
काठमाण्डौ - नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न मागसहित कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव महेश बस्नेतले हरेक जिल्लाको सदरमुकाममा आज दिउँसो जनसंगठनको तर्फबाट विर...

पार्टी अध्यक्ष ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति

पार्टी अध्यक्ष ओली पक्राउविरुद्ध एमाले कोशीको कडा आपत्ति
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । कोशी प्रदेश कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा हालै गठित सरकारलाई “अराजनीतिक” भन्दै कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण कदम भएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कार्यले मुलुकल...