काठमाण्डाै – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आईडीबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिनुभयो ।

‘मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिई टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानूनबमोजिम हदैसम्मको कारबाही गरी पाऊँ’, अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उजुरीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया