बस्ती छाड्दै मनोहराका सुकुम्बासी, नक्कली सुकुम्बासीले अधिकांश घरटहरा भाडामा लगाएको भेटियो
भक्तपुर। भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन्। सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुम्बासीले बस्ती छाडेका हुन्।
सरकारको सुकुम्बासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरक...








