लेटाङ । लेटाङ नगरपालिका–५ की निशा निरौला गिरि (अन्दाजी २६ वर्ष) आज चिसाङ खोलाको पुलबाट खसेकी छन्। घटना लेटाङ–३ स्थित चिसाङ खोलाको पुलमा भएको हो।
अचानक पुलबाट खसेकी उनलाई स्थानीयवासी तथा प्रहरीको सक्रियतामा तत्काल उद्धार गरिएको थियो। घाइते अवस्थामा रहेकी गिरिलाई प्रारम्भिक उपचारका लागि लेटाङ नगर अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको कारण हालसम्म खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया