विराटनगर/
झापा,मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १४ जनालाई पक्राउ गरिएको छ ।
वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-१० का राजु कुमार राजबंशी, अर्जुनधारा-८ का सलुन रसाईली र बिर्तामोड-३का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड-४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचिनगर-१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर-५ का कन्चन राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका-३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी-१ का सुदिप बिशुङ्खेलाई २१४ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बेलबारी- ४ का मन कुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित, सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्कले इनरूवा- ७ का श्रवण कुमार उरावलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित र इलामको सुर्योदय नगरपालिका-११ स्थितबाट सोही स्थानका विवेक राई र उदित राईलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ गरेको सबै जनाको थप अनुसन्धान भइ रहेको छ ।

तपाईको प्रतिक्रिया