बोराबाँध अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले भने – ‘बर्सातका बेला कोशी नदीमा केही गर्न सक्दैनौं’
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने बताएका छन् ।
पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सुनसरीको बराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि शुक्रवार साँझ पुगेका मुख्यमन्त्री कार्कीले आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।
‘प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह मिलेर विकास गर्ने हामीले भनिरहेका छौ...









