विराटनगर, जेठ १९ गते ।
नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलेकोशी प्रदेश तथा माहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । जेठ १९ गतेकोशी प्रदेश प्रहरी तालिमकेन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिचभएको निर्देशन सम्वोधनको क्रममा वहाँलेनेपाल प्रहरीले मानिसकोजन्म देखि मृत्यु सम्महुने गरेका सम्पूर्ण गतिविधि, क्रियाकलापहरुमा भरोसाको धरोहर भएर काम गर्नु पर्ने बताउनु भयो । वँहाले नेपाल प्रहरीको उच्च ब्यवसायिकता प्रदर्शन गरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुप्रति समान व्यवहार तथा अपेक्षा रहित कार्य प्रदर्शन गर्दै मिठो र नम्र बोलि बचनका साथ प्रस्तुत हुन उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

साथै वँहाले द्वन्द, बन्द, बाढी, पहिरो, आँधी हुरीमा खटिने प्रहरी सधै चुस्त, दुरुस्त र स्फुर्ती हुनुपर्ने भएकोले दैनिक रुपमा शारिरीक व्यायाम, योग ध्यान गरी मन र तनबाट नै तयारी अवस्थामा रहनु पर्ने बताउनु भयो । यसका साथैखुल्ला सिमा नाकाको कारण हुने भन्सार चोरी निकासी तथा बिभिन्न अपराधिक घटनाको रोकथाम तथा नियन्त्रणका लागि योजना मुताविक प्रहरी परिचालनगरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो । निर्देशन सम्वोधनको क्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ट उपरीक्षक मुकुन्द मरासैनी,कोशी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख ज्ञानेन्द्र फुँयल, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, झापा र उदयपुरका प्रमुखहरु लगायत सिनियर तथा जुनियरप्रहरी अधिकृतहरू सहित प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थी प्रहरी जवानहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया