काठमाण्डाै – भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनुभएको हो ।
नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता जैसवालले सीमासम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
आइतवार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो । प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताउनुभएको थियो । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो ।







