विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास
हेटौँडा, ११ कात्तिकः मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो । करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको ...

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
विराटनगर, मोरङ। छठ पर्वको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको भीडलाई ध्यानमा राख्दै केन्द्रले यो शिविर सञ्चालन गरेको हो। कार्यक्रम केन्द्रकी अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव भोजराज घिमिरे, कोषाध्यक्ष सन्त...

सर्वोच्चलाई मिल्यो डिजिटल आर्काइभ रिकभरीमा सफलता

सर्वोच्चलाई मिल्यो डिजिटल आर्काइभ रिकभरीमा सफलता
भदौ २४ गतेको जेन जी विध्वंशमा नष्ट पारिएको सर्वोच्च अदालतको सूचना प्रणाली र वेबसाइट पुनः सञ्चालनमा आएको छ । आपराधिक समूहले गरेको तोडफोड र आगलागीपछि छ हप्तासम्म पूर्ण रूपमा अवरुद्ध भएको वेबसाइट आजदेखि पूर्ववत् रुपमा सञ्चालनमा आएको छ । सर्वोच्च अदालतले आफ्नो इलेक्ट्रोनिक डेटा सफलतापूर्वक पुनः प्राप्त गरेको जनाएको छ। विध्वंशपछि अदालतका डिजिटल अभिलेख,फाइल र प्रशासनिक प्रणालीहरू क्षतिग्रस्त भएका थिए...

तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ, कात्तिक ११ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । तीन...

नेपाली चलचित्रकी नयाँ नायिका समृद्धि

नेपाली चलचित्रकी नयाँ नायिका समृद्धि
काठमाडौँ, कात्तिक ११ गते — नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ मा अभिनेता दयाहाङ राई र विजय बरालसँगै अभिनेत्री समृद्धि अर्याल मुख्य भूमिकामा देखिने भएकी छन्। चलचित्र ‘फर्की फर्की’ बाट अभिनय यात्राको सुरुवात गरेकी समृद्धि दर्शकका लागि नयाँ अनुहार भए पनि उनको अभिनय यात्रा निकै रोचक रहेको छ। पहिलो चलचित्रमै उनले अनमोल केसीसँग स्क्रिन सेयर गरेकी थिइन् भने दोस्रो चलचित्रमै अहिलेका चर्चित कलाकार दयाहाङ र विजय...

दूधकोशी जलाशय आयोजना अघि बढ्ने, ६७० मेगावाटको जलविद्युत परियोजना पुनः गतिमा

दूधकोशी जलाशय आयोजना अघि बढ्ने, ६७० मेगावाटको जलविद्युत परियोजना पुनः गतिमा
काठमाडौं — लामो समयदेखि रोकिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशय–आधारित जलविद्युत आयोजना अब पुनः गतिमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको निर्माणका लागि विद्युत विकास बोर्डमा आधिकारिक रूपमा निवेदन दर्ता गरी प्रक्रिया अघि बढाएको हो। हालै प्राधिकरणले आयोजना अघि बढाउने निर्णय गर्दै औपचारिक प्रस्ताव लगानी बोर्डको कार्यालयमा पठाएको छ। नियमानुसार २०० मेगावाटभन्दा माथिका आयोजना निर्मा...

शिक्षामन्त्री पुनको आग्रह : उद्घाटन, शिलान्यासमा नबोलाइदिनुहोला

शिक्षामन्त्री पुनको आग्रह : उद्घाटन, शिलान्यासमा नबोलाइदिनुहोला
विराटनगर । शिक्षामन्त्री महावीर पुनले आफूलाई उद्घाटन, शिलान्यास जस्ता कार्यक्रममा नबोलाइदिन सबैसँग आग्रह गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत कुनै पनि औपचारिक कार्यक्रममा अतिथी, प्रमुख अतिथी नबनाउन पनि आग्रह गरेका छन् ।यस्तै, मन्त्री पुनले आफू उज्वेकिस्तान र नाईजेरियामा भएका कार्यक्रममा समेत नगएको जानकारी दिँदै काम विशेषले विदेश गएका मन्त्रीबारे ‘विदेश घुम्यो भनेर हल्ला नगर्नु होला’ भनेका छन् । ...

उदाउँदो सुर्यलाई अर्घ दिएर समापन भयो छठ पर्व

उदाउँदो सुर्यलाई अर्घ दिएर समापन भयो छठ पर्व
इटहरी / सूर्य उपासना र आत्म–शुद्धीकरणको पर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तिपूर्वक सम्पन्न भएको छ। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु महिलाहरूले रातभर पोखरी, नदी तथा तलाउ किनारमा जाग्राम बसेर धर्म–कर्ममा तल्लिन भएका थिए। मंगलबार बिहान उदाउँदो सूर्यलाई दूध, जल, र विविध फलफूल अर्पण गर्दै आराधना गरेपछि यस वर्षको छठ पर्वको समापन गरिएको हो। चार दिनसम्म चल...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ११ गते मंगलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ११ गते मंगलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशिका लागि आत्मसंयम र एकाग्रताको परीक्षा हो । अध्ययन, प्रोजेक्ट वा प्राविधिक काममा अत्यधिक समय बिताउँदा मन र शरीर दुवै थकाइ महसुस हुन सक्छ । एकछिन ध्यान वा शान्त बस्ने अभ्यासले मानसिक स्पष्टता फिर्ता ल्याउनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बृष राशिका जातकका लागि आज परिवार र सम्बन्धको सन्तुलन कायम राख्नुपर्ने दिन हो । पारिवारिक जिम्...

विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा

विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा
विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा विराटनगर । हालै श्रम मन्त्रालयको नेतृत्वका लागी रहेका खगेन्द्र सुनार विवादमा तानिएपछि, नयाँ नेतृत्वको रूपमा विराटनगरका युवा सामाजिक अभियन्ता विनोद चाहारको नाम चर्चामा आएको छ। सामाजिक सद्भाव, मानवीय सेवा र सकारात्मक परिवर्तनका लागि परिचित चाहार अहिले सबैको ध्यानको केन्द्रमा रहेका छन्। कोभिड–१९ महामारीको कठिन समयमा “कोही...