‘जेनजी’ प्रदर्शन : क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

‘जेनजी’ प्रदर्शन : क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
काठमाडौँ, कात्तिक १४ गते । २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने गरी टोली परिचालन गरिएको ...

विश्व स्ट्रोक दिवसकाे अवसरमा बिराटनगर स्थित न्यूरो हस्पिटलद्वारा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट

विश्व स्ट्रोक दिवसकाे अवसरमा बिराटनगर स्थित न्यूरो हस्पिटलद्वारा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट
विराटनगर / विश्व स्ट्रोक दिवस २०२५ को अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बिरामीको उपचार तथा रिकभरीलाई सघाउन विभिन्न विशेष सेवा र छुटका कार्यक्रमहरू घोषणा गरेको छ। सन् २००० मा वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. वीरेन्द्र कुमार बिष्टज्यूले न्युरोलोजिकल सेवाबाट यस अस्पतालको स्थाप...

धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न

धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न
विराटनगर, कार्तिक १३ गते। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज एक विशेष धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेश प्रहरी विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल प्रमुख अतिथि रहनु भएको थियो। नेपाल प्रहरी प्रधान कार्यालयको आदेशअनुसार प्रहरी निरीक्षक तोरण परियार इलाका प्रहरी कार्यालय इटहरी, सुनसरी र आशिष पोखरेल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा सरुवा भई जा...

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात हुँदा कति भयाे निर्यात ?

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात हुँदा कति भयाे निर्यात ?
पर्सा / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु २ खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आ.व.को असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आ. व. को तीन महिनामा वीरगञ्ज नाका...

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सार्वजनिक
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि शुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’मा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा फारम, परीक्षा, नतिजा प्रकाशन लगायतको सम...

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती

अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती
बिर्तामोड, कात्तिक १२ । जेनजीका नाममा भएको विध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधवार विशेष नगर सभाको अधिवेशन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले विशेष अधिवेशन गरेर वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नगर सभाको विशेष अधिवेशन आह्वान गरेको हो । नगरपालिकाले ३ करोड ५० लाख ३७ हजार ३४३ बराबरको रकम संशोधन गरेको जनाएको छ । नगरपालिका र विषयगत शाखाबाट २ कर...

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चाप बढ्यो

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चाप बढ्यो
सोलुखुम्बु — तिहार र छठ पर्वको लामो बिदा सकिएसँगै सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ। सदरमुकाम सल्लेरीस्थित प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहानैदेखि सेवाग्राहीको लामो लाइन देखिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार आज मात्रै वंशानुगत नागरिकता ३१ जनालाई वितरण गरिएको छ, जसमा १२ महिला र १९ पुरु...

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई

मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई
ताप्लेजुङ, कात्तिक १३ गते — पाँचौं अन्तर जिल्लास्तरीय आमन्त्रित मेरिङ्देन कप पुरुष फुटबल प्रतियोगिताको उपाधि फुङ्लिङस्थित साथीभाइ युथ क्लबले हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै साथीभाइले विजेता बन्न सफल भएको हो। मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भएको रोमाञ्चक फाइनल खेलमा निर्धारित समयसम्म दुवै टोलीले एक...

आज देखी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना

आज देखी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना
काठमाडौँ, कात्तिक १२ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्चप...

विराटनगरमा नर्सहरूको आन्दोलन उत्कर्षमा, न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग

विराटनगरमा नर्सहरूको आन्दोलन उत्कर्षमा, न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग
विराटनगर — निजी स्वास्थ्य संस्थाहरूमा नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण बढेको आरोपसँगै सुरु भएको नर्सहरूको आन्दोलन विराटनगरमा उत्कर्षमा पुगेको छ। नेपाल नर्सिङ संघ मोरङको नेतृत्वमा कोशी अस्पतालका नर्सहरूले अस्पताल परिसरमै प्लेकार्डसहित प्रदर्शन गर्दै न्यूनतम पारिश्रमिक लागू नहुनु नीतिगत कमजोरी र नियमनको अभावको परिणाम भएको बताएका छन्। आन्दोलनमा सहभागी नर्सहरूको भनाइमा, नेपालमा श्रमको उ...