पाल्पा, २८ असार। जबर्जस्ती करणीको अभियोगमा एकजना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका-४ खोप्टारवाट एकजना पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगर रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







