काठमाडौं। वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति गर्न सफल भएको छ।

गत बिहीबार त्रिपुरेश्वरको राहदानी विभागअगाडि बाइकको विषयमा महानगर प्रहरीसँग विवाद हुँदा नेपालीले आत्मदाहको प्रयास गरेका थिए। घाइने भएका उनलाई सोही दिन साँझ वीर अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो।

तर, शुक्रबार बिहान उपचारका क्रममा उनको निधन भएको थियो।

तपाईको प्रतिक्रिया