नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा पुनः तयार

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकको मस्यौदा पुनः तयार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रूपमा दुई निकायमा टुक्र्याउने विधेयकको मस्यौदा पुनः तयार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुईओटा विधेयकको मस्यौदा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०८३’ र ‘नेपाल हवाई सेवा प्राधिकरण ऐन, २०८३’ को मस्यौदा तयार गरी सुझावका लागि सार्वजनिक गरेको छ । मुख्य गरी नेपाली एयरलाइन्सहरूलाई युरोपियन युनियन ...

इङ्गल्यान्ड विश्वकपको सेमिफाइनलमा

इङ्गल्यान्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौँ । इङ्गल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टर फाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरेका हुन् । यससँगै आठ वर्षपछि इङ्गल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्व...

भेलले घे-यो, सुरक्षाकर्मीले बचाए

भेलले घे-यो, सुरक्षाकर्मीले बचाए
चन्द्रौटा । वाणगंगा खोलामा अचानक पानीको बहाव बढेपछि खोलाको बीचभागमा फसेका ७ जना किशोरको सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बालापुरस्थित खोलामा सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेका हो । शनिवार दिउँसो करिब २ः५० बजे पौडी खेल्न गएका किशोरहरू खोलाको बहाव एक्कासि बढेपछि बीचभागमै फसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निर...

नवजात छोरीका नाममा दश हजारको मुद्दति खाता

नवजात छोरीका नाममा दश हजारको मुद्दति खाता
बागलुङ। बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता उपहारस्वरूप खोलिदिने घोषण गरेको छ। आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत पाँच हजार प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो। हालैको नगरसभाबाट उक्त निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैंक खाता खोलि...

बेलिङहमको दुई गोलमा इङ्ल्यान्ड विश्वकप सेमिफाइनलमा

बेलिङहमको दुई गोलमा इङ्ल्यान्ड विश्वकप सेमिफाइनलमा
काठमाडौं। जुड बेलिङहमले अतिरिक्त समयमा निर्णायक गोलसहित दुई गोल गरेपछि इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। मियामीमा भएको क्वाटरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्‍यो। आन्द्रियास शेल्देरुपको गोलमा नर्वेले सुरुआती अग्रता लिए पनि बेलिङहमले पहिलो हाफमा बराबरी गोल फर्काए। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा नर्वे...

सीमावासीसँग सशस्त्र प्रहरीको अन्तरक्रिया, विपद् तयारीमा सतर्क रहन निर्देशन

सीमावासीसँग सशस्त्र प्रहरीको अन्तरक्रिया, विपद् तयारीमा सतर्क रहन निर्देशन
विराटनगर – सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापाले शुक्रबार मोरङका विभिन्न सीमा क्षेत्रमा पुगेर सीमावासीसँग अन्तरक्रिया गर्नुका साथै सुरक्षा र विपद् प्रतिकार्यको अवस्थाबारे निरीक्षण गरेका छन्। विराटनगर महानगरपालिका–१६ दरैयास्थित मुसहरी बस्ती नजिक आयोजना गरिएको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा स्थानीय बासिन्दा तथा भद...

फिफाले फाइनल खेलको मैदानको टुक्राहरू बिक्री गर्ने, ४५० डलर प्रति टुक्रा

फिफाले फाइनल खेलको मैदानको टुक्राहरू बिक्री गर्ने, ४५० डलर प्रति टुक्रा
काठमाडौं, २८ असार । फुटबलको विश्वव्यापी नियामक निकाय फिफाले विश्वकपबाट आम्दानी संकलन गर्न कुनै कसर बाँकी राखेको छैन् ।   कतिसम्म भने उसले अब प्रतियोगिताको फाइनल खेल हुने मैदान (पिच) का टुक्राहरू बिक्री गर्ने निर्णय गरेको छ। विश्वकपका टिकट र अन्य सामग्रीहरू महँगो मूल्यमा बिक्री गरेको भन्दै पहिले नै आलोचना खेपिरहेको फिफाले अब न्यु जर्सीको मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलका लागि प्...

आजको राशिफलः बिसं २०८३ असार २८ गते आईतबार

आजको राशिफलः बिसं २०८३ असार २८ गते आईतबार
आजको राशिफलः बिसं २०८३ असार २८ गते आईतबार, ई सं २०२६ जुलाई १२, नेपाल सम्बत ११४६ तछलागा त्रयोदशी, असार कृष्ण त्रयोदशी, पञ्चाङ्गः वृद्धि गर रोहिणी, चन्द्रमा बृष राशिमा, सुर्य मिथुन राशीमा, योगः बृद्दी, करणः गर । आज प्रदोष व्रत पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः१६ मिनेटमा र सूर्यास्त साँझ ७ः०१ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा नौनी घिउ खाएर जुनसुकै दिशाको ...

टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज

टंकी सबस्टेशनमा लोड व्यवस्थापन, विद्युत् आपूर्ति सहज
विराटनगर, असार २८। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले टंकी सबस्टेशनमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न आवश्यक प्राविधिक व्यवस्थापन गरेपछि विराटनगरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सहज र थप भरपर्दो बनेको जनाएको छ। वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार ३३/११ केभी टंकी सबस्टेशनअन्तर्गत सञ्चालनमा रहेको ३३ केभी विराटनगर–३ फिडरमा पछिल्लो समय विद्य...

बाल कुपोषण न्यूनीकरणका लागि कानुन, बजेट र जनचेतनामा जोड

बाल कुपोषण न्यूनीकरणका लागि कानुन, बजेट र जनचेतनामा जोड
काठमाण्डौ - नेपालमा कुपोषण अन्त्यका लागि पोषणमैत्री कानुन, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन् । “बाल पोषणको अवस्था, चुनौती र सरोकारवालाको भूमिका'' विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डा. अञ्जान शाक्यले पोषणमैत्री कानुन बनाउन संसदमार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले शिक्षा बिमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स...