भैरहवा भन्सारबाट एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन
भैरहवा, साउन ४ गते । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भैरहवा भन्सार कार्यालयलाई तोकिएको एक खर्ब १३ अर्ब ६७ करोड रुपियाँ वार्षिक लक्ष्यको ९२.४ प्रतिशत अर्थात् एक खर्ब पाँच अर्ब दुई करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
लक्ष्य शतप्रतिशत पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका संरचनागत समस्याका बिच हासिल भएको यो उपलब्धिलाई भन्सा...









