काठमाडौं, ४ असार । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । 

अर्जेन्टिना र स्पेनका बिचमा फाइनल खेल सकिए सँगै यस बिश्वकपमा खेलाडीहरूले ३०८ गोल गरेका थिए ।

पहिलो पटक ४८ टोलीले खेलेका कारण पनि यस बिश्वकपमा सर्बाधिक ३०८ गोल भएको हो भने सन् २०२२ मा कतारमा आयोजना भएको फिफा विश्वकपमा कुल १७२ गोल मात्रै भएका थिए। 

 

फ्रान्सविरुद्धको ‘ब्रोन्ज फाइनल’ खेलमा इङ्ल्यान्डका बुकायो साकाले प्रतियोगिताको ३०० औँ गोल गरेर इतिहासमा नयाँ रेकर्ड बनाएका हुन्, फ्रान्सका केलियन एम्बाप्पेले सर्बाधिक २२ गोल र यसपटक १० गोल गरेर नयाँ रेकर्ड पनि कायम गराउन सफल भए ।

 

यस विश्वकपमा सबैभन्दा बढी गोल अर्थात २१ गोल अर्जेन्टिनाले हानेको थियो भने सबैभन्दा कम गोल खाने टोली स्पेनल फाइनल अघि जम्मा १ गोल मात्रै खाएको थियो । आइतवार राती सबै १०४ खेलहरू समाप्त हुँदा प्रति खेल औसत २.९८ गोल भएको छ ।

 

त्यसो त फ्रान्स र इंग्ल्यान्ड बिचको ‘ब्रोन्ज फाइनल’ खेलमा सर्बाधिक १० गोल भएको थियो भने जर्मनीले कुरासाओसँग सबैभन्दा धेरै अन्तर ७-१ ले जीत हासिल गरेको थियो, यो नै यस विश्वकपको सर्बाधिक गोल अन्तर भएको खेल हो । यो विश्वकपका १०४ खेल मध्ये समुह चरणको केप भर्डे र स्पेन बिचको एक खेल मात्रै गोलरहित बराबरीमा रोकिएको थियो ।

खासमा समूह चरणका कुल ७२ खेलहरूमध्ये २० वटा खेल बराबरीमा सकिएका थिए भने सन् २०२६ को विश्वकपमा नियमित ९० मिनेटको समय भित्र कुल २६ वटा खेल बराबरीमा सकिएका थिए, जसमध्ये समूह चरणका २० खेल आधिकारिक रूपमा बराबरी मै टुङ्गिए भने नकआउट चरणका ६ खेलहरू भने निर्धारित ९० मिनेटमा नसकिए पछि अतिरिक्त समय वा पेनाल्टीमा जानु परेको थियो ।

जसअनुसार राउन्ड अफ ३२ मा जर्मनी र पाराग्वे १-१ गोलसहित बराबरी भए पछि खेल पेनाल्टीमा गएको थियो, जसमा पाराग्वे विजयी भएको थियो भने नेदरल्यान्ड्स र मोरक्को पनि एक एक गोलमा बराबरी भए पछि खेल पेनाल्टीमा लगिएको थियो, जुन खेलमा मोरक्को विजयी भयो । अस्ट्रेलियासँग इजिप्ट पनि १–१ गोल बराबरीमा रोकिए पछि पेनाल्टीमार्फत इजिप्टले बाजी मारेको थियो ।

 

उता, राउन्ड अफ १६ का एक खेल पनि बराबरीमा रोकिन पुग्यो । स्विट्जरल्यान्ड र कोलोम्बिया पनि गोलरहित बराबरीमा रोकिए पछि पेनाल्टीमार्फत  स्विट्जरल्यान्ड विजयी भएको थियो भने क्ववाटर फाइनलमा नर्वे र इङ्ल्यान्ड १-१ मो बराबरी भएपछि अतिरिक्त समयमा इङ्ल्यान्ड २-१ ले विजयी भएको थियो भने अर्जेन्टिना स्विट्जरल्यान्ड पनि ९० मिनेटको निर्धारित समयमा १-१ गोलमा बराबरी भए पछि अतिरिक्त समयमा मात्रै अर्जेन्टिना ३-१ ले विजयी हुन सफल भएको थियो  ।
 

त्यसो त शीर्ष गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पे १० गोलसहित यस विश्वकपको गोल्डेन बुट दौडमा शीर्ष स्थानमा रहे भने उनले यसै प्रतियोगितामा आफ्नो विश्वकपका तीन खेल जीवनमा कुल २२ औं गोल पूरा गर्दै लियोनेल मेस्सी (२१ गोल) लाई पछि पारेर विश्वकपकै सर्वकालीन शीर्ष गोलकर्ताको कीर्तिमान समेत बनेका छन् ।

समुह चरणमा ८ गोल हानेको अर्जेन्टिनाले नकआउट चरणमा भने १६ गोल गरेर २१ गोलको संख्यामा रहेको छ भने दोस्रोमा रहेको फ्रान्सले यस बिश्वकपमा सर्बाधिक २१ गोल हानेको छ । समुहगत चरणमा १० गोल हानेको फ्रान्सले नकआउट चरणमा ११ गोल गरेको थियो भने सबैभन्दा धेरै अर्थात ६ गोल ब्रोन्ज सेमिफाइनमा इंग्ल्याण्ड बिरूद्द गरेको थियो ।

सन् २०२६ फिफा विश्वकपमा कुल ४८ टोलीहरूमध्ये पानामा मात्र यस्तो टोली हो, जसले प्रतियोगिताभरि कुनै पनि गोल गर्न सकेन। समूह ‘एल’मा रहेको पनामा घानासँग १-०, क्रोएसियासँग १-० र इङ्ल्यान्डसँग २-० को पराजय भोगेर समुहचरणवाट बाहिरिएको थियो। 

 

स्कटल्याण्ड, कुरासाओ, इराक र साउदी अरबले मात्र जम्मा १ गोल हानेर समुह चरणवाटै बाहिरिइका थिए तर पहिलो पटक विश्वकप खेलेको कुरासाओले आफ्नो फुटबल इतिहासकै पहिलो विश्वकप गोल पुर्व बिश्वबिजेता जर्मनी विरुद्ध दर्ता गराएको थियो।
 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका लागि १ गोल ऐतिहासिक यसकारण पनि बन्याे कि उनीहरूले ५२ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै आफ्नो फुटबल इतिहासकै पहिलो विश्वकप गोल दर्ता गराएका थिए ।

त्यसो त यो विश्वकपमा बढी गोल गर्ने खेलाडीहरू एम्बाप्पे १० गोल पछि अर्जेन्टिनाका लियोनेल मेस्सी ८ गोल, नर्वेका अर्लिङ हालान्ड ७ गोल रहेको छ । यसपटककाे गाेल्डेन बुट पुनः एम्बाप्पेले लगेका छन, यसअघिकाे २०२२ काे कतार विश्वकपकाे गाेल्डेन बुट पनि उनले लगेका थिए । 

तपाईको प्रतिक्रिया