दुहबी नगर अस्पतालमा आँखा र कान उपचार सेवा सुरु
दुहबी, कार्तिक २१ — दुहबी नगर आधारभूत अस्पतालमा आजदेखि आँखा र कानसम्बन्धी रोगको नियमित जाँच तथा उपचार सेवा सुरु गरिएको छ। बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग र दुहबी नगरपालिकाको सहकार्यमा सेवा सञ्चालन थालिएको हो।
सेवाको औपचारिक शुभारम्भ दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले रिबन काटी उद्घाटन गरेका छन्। बिराट आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्म नारायण चौधरी र नगर प्रमुख गच्छादारबीच ग...









