काठमाडौं। सन् २०२६ को फिफा विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि अर्जेन्टिनाका खेलाडी हातपातमा उत्रिएका छन्।

अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा सोमबार बिहान खेल सकिनेबित्तिकै अर्जेन्टिनाका खेलाडीले स्पेनका खेलाडीलाई कुटेका हुन्।

अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट खुसीले दौडिएका एक स्पेनिस खेलाडीलाई पेटमा मुक्का हाने। त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेसले पनि स्पेनका एरिक गार्सियाको घाँटी अठ्याए।

उनले अर्का खेलाडी गाभीलाई पनि भुइँमा पछार्दै लात्तीले हानेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया