बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली
काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् ।
नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बामपन्थी शक्तिका बिचमा कार्यगत एकतामा जोड दिएका हुन् ।
‘हाम्रा नीतिहरू सही छन्, एमालेको नीति सही छ कि छैन भन्ने बारेमा त्यसमा छलफल गर्नै पर्दैन...









