ग्वाङ्झाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण-२०२६’ मा चीनको ग्वाङ्झाउमा सुरु भएको छ ।

अगस्ट १५ देखि १७ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुन नेपालसहित विश्वका विभिन्न मुलुक तथा एसिया प्यासिफिक क्षेत्रका देशबाट प्रतिनिधि तथा संघका अगुवाहरू ग्वाङ्झाउमा भेला भएका छन् । सम्मेलनले नागरिकता,लगानी र एनआरएनको भावी योजना पारित गर्दै घोषणापत्र तयार गर्नेल क्षेत्रीय संयोजक दीपक कँडेलले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा पूर्व अध्यक्षहरु समेत पुगेका छन् । कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू जगदीश खरेल, मनिष झा र खगेन्द्र सुनार तथा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर र नेकपाका प्रमुख सचेतक युवराज दुलाल, सांसदहरू क्षितिज थेबे, खुश्बु ओली र एरेन राई ग्वाङ्झाउ पुगेका छन् ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सल्लाहकार भवानी ओली, वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष खगेन्द्र न्यौपाने, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष महेन्द्र ओली, उपाध्यक्ष दधिवाल खड्का, उपाध्यक्ष रबिन बज्राचार्य, महिला उपाध्यक्ष टीका गुरुङ तथा महासचिव डा. चिरञ्जीवी खड्कासहित केन्द्रीय नेतृत्व पनि सम्मेलनमा सहभागी छ ।

त्यसैगरी, एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेल, उपक्षेत्रीय संयोजक भविन्द्र बस्नेत, लालसिंह खड्का, राकेशप्रसाद महतो तथा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठलगायत विभिन्न क्षेत्रका पदाधिकारी पनि सम्मेलनस्थलमा पुगेका छन् ।

एसिया प्यासिफिक क्षेत्रअन्तर्गतका विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारीहरूको समेत सम्मेलनमा सहभागी छन् । क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा हुने सम्मेलनमा नेपालमा व्यापार तथा लगानी प्रवर्द्धन, लजिस्टिक्स क्षेत्रको विकास एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरूको संस्थागत सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार, पुनःएकीकरण तथा आप्रवासी समस्यामा छलफल गर्ने छ ।

तपाईको प्रतिक्रिया