कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा
तौलिहवा(कपिलवस्तु), चैत्र ७ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
जारी आदेशअनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा...









