काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४१औं वार्षिकोत्सव अवसरमा भदौ १ गते देशभरका महसुल संकलन काउन्टर बन्द रहने बताएकाृ छ।
प्राधिकरणले वार्षिकोत्सवका दिन अनलाइन माध्यमबाहेक सम्पूर्ण महसुल संकलन काउन्टर बन्द रहने जानकारी गराएको हो।
उक्त दिन ग्राहकले विद्युत् महसुल भुक्तानीका लागि अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन्।
भौतिक रुपमा महसुल संकलन काउन्टर बन्द रहे पनि अनलाइन सेवा सुचारु हुने प्राधिकरणको सूचनामा उल्लेख छ।







