बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै

बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै
काठमाडौं, २४ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक ऋणपत्र अनलाइन बोलकबोलमार्फत बिक्रीमा ल्याउन लागेको हो। राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ। ऋणपत्रमा प्राप्त हुने ब्या...

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ
सुनसरी : सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा मोरङको विराटनगर महानगरपालिका–१७, रानी बस्तीका ५१ वर्षीय नुर महोमद खानको साथबाट एक...

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
काठमाडौँ- पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ । मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरण...

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा प्रशंसा

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा प्रशंसा
नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेका छन्। थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेका हुन्। थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार सो भेटमा स्थायी स...

आजको राशिफलः बिसं २०८३ असार २४ गते बुधवार

आजको राशिफलः बिसं २०८३ असार २४ गते बुधवार
आजको राशिफलः बिसं २०८३ असार २४ गते बुधवार, ई सं २०२६ जुलाई ८, नेपाल सम्बत ११४६ तछलागा अष्टमी,असार कृष्ण अष्टमी, पञ्चाङ्गः अतिगंड कौलव रेवती, चन्द्रमा मिन राशिमा, सुर्य मिथुन राशीमा, योगः अतिकण्ड, करणः कौलव। आज बुधाष्टमी व्रत पनि हो ।आज नेपालमा सुर्योदय बिहान ५ः१५ मिनेटमा र सूर्यास्त साँझ ७ः०१ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा नौनी घिउ चाटेर जुनसुकै दिशाको ...

मोबाइल चोरीको आशंकामा दुई बालबालिकालाई मन्दिरमा बाँधेर यातना, दुई युवा पक्राउ

मोबाइल चोरीको आशंकामा दुई बालबालिकालाई मन्दिरमा बाँधेर यातना, दुई युवा पक्राउ
विराटनगर: मोबाइल चोरी गरेको आरोप लगाउँदै दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा मोरङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। कानुन आफ्नै हातमा लिएर बालबालिकामाथि गरिएको व्यवहारले स्थानीय तहमा गम्भीर प्रश्न उठाएको छ। मोरङको उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिर परिसरबाट सोमबार राति करिब ८ बजे प्रहरीले ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टि...

करेन्ट लागेर वडा सचिवको मृत्यु

करेन्ट लागेर वडा सचिवको मृत्यु
दाङ- दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

पाल्हीनन्दन गाउँपालिकाको प्राथमिकतामा विकास, सुशासन र आत्मनिर्भरता

पाल्हीनन्दन गाउँपालिकाको प्राथमिकतामा विकास, सुशासन र आत्मनिर्भरता
बुटवल । लुम्बिनी प्रदेशअन्तर्गत पाल्हीनन्दन गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिलाई जोड दिएको छ । यसका लागी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख २ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले गाउँसभामा प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी, पर्यटन, सुशास...

एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

एकसाताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने
काठमाडौँ। पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्यांकनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता मुकुल उपाध्याय...

श्रीमतीको हत्या आरोपमा सात वर्षपछि श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा सात वर्षपछि श्रीमान पक्राउ
विनय कर्ण कल्याणपुर (सप्तरी), असार २३ गते । सप्तरी प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय रुन्जे सदा रहनुभएको हो । उहाँलाई श्रीमतिको हत्याको आरोपमा शनिबार बोदेबरसाइन ४ स्थित सिलहटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले ...