कालिमाटी गाउँपालिकाद्वारा ५३ करोड ४५ लाखको बजेट पारित

कालिमाटी गाउँपालिकाद्वारा ५३ करोड ४५ लाखको बजेट पारित
शंकर केसी सल्यान, असार २३ गते । सल्यानको कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ४५ लाख ३० हजार रुपियाँको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै २०औँ गाउँसभा सम्पन्न गरेको छ। गत असार १० गते बस्ने तय भएको गाउँसभा गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि स्थगित गरिएको थियो। अध्यक्ष उपचारपछि गाउँ फर्किएसँगै सोमबार गाउँसभा सम्पन्न भएको हो। गाउँसभा...

असार २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

असार २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष राशि भावनात्मक उतारचढावका कारण निर्णय क्षमतामा अस्थिरता देखिन सक्ने भएकाले विवेकपूर्ण सोच र संयम अत्यावश्यक रहनेछ । अनावश्यक खर्चतर्फ झुकाव बढ्न सक्ने हुँदा आर्थिक अनुशासन कायम राख्नु हितकर हुनेछ । विशेष गरी सरकारी निकायसँग सम्बन्धित कार्यमा कानुनी पक्षप्रति सजग रहनु बुद्धिमानी हुनेछ । वृष राशि शुभकार्यको चर्चा र सकारात्मक अवसरले वातावरण उत्साहजनक बन्ने संकेत छ । दृढ इच्छाशक्ति र निरन्तर ...

धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य अभियुक्त समातिए

धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य अभियुक्त समातिए
धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा ध...

डिजिटल खेलकुदमा नयाँ पहल: SASTHM को अन्तर–कलेज PS5 फुटबल प्रतियोगिता सम्पन्न

डिजिटल खेलकुदमा नयाँ पहल: SASTHM को अन्तर–कलेज PS5 फुटबल प्रतियोगिता सम्पन्न
विराटनगर असार २२, साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (SASTHM), विराटनगरले आयोजना गरेको Inter College Football Tournament 2026 (PS5) उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरू बिराटनगर, ईटहरी, बिराटचौक र उर्लावारीबाट १६ वटा टिमको सहभागिता रहेको थियो। सहभागीहरूले ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, जर्मनी, इङ्ग्ल्याण्ड, पोर्चुगल ...

किड्स किङ एण्ड क्विनका ४ जना बिजेता जुलाई ९ मा भियतान जाने

किड्स किङ एण्ड क्विनका ४ जना बिजेता जुलाई ९ मा भियतान जाने
काठमाडौँ । किड्स किङ एण्ड क्विनका ४ जना बिजेता भियतान जाने भएका छन् । जेठको २३ गते भक्तपुरको हेरिटेज प्यालेसमा भव्यताका साथ सम्पन्न भएको फिनालेबाट चयन भएका ४ बिजेताहरु नाम्दिन सुब्बा , सान्भिका बज्राचार्य , प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणा आगामी बिहिबार भियतान जान लागेको आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोनु शाहले जानकारी दिए । बिजयी प्रतियोगी...

भेटेरिनरी अस्पताल राजविराजका निमित्त प्रमुखसहित २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ

भेटेरिनरी अस्पताल राजविराजका निमित्त प्रमुखसहित २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ
राजविराज । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र उनका सवारी चालक भागेन्द्र यादवलाई पक्राउ गरेको हो । सोही केन्द्रका करार भ्याक्सिनेटर पदमा कार्यरत कर्मचारीहरुले काम गरे बापत पाउनुपर्ने पारिश्रमिकबाट २० ...

करिब १ सय ७५ किलो गाँजासहित धनकुटामा एकजना पक्राउ

करिब १ सय ७५ किलो गाँजासहित धनकुटामा एकजना पक्राउ
धनकुटा, २२ असार । करिब १ सय ७५ किलो गाँजासहित धनकुटामा एकजना पक्राउ परेका छन ।  महालक्ष्मी नगरपालिका–६ माङमायाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७५ किलो ५ सय ७० ग्राम सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा  सोही नगरपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।    प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को २ त ४८९८ नम्बरको ट...

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।  पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता ग...

ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’

ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’
काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिपदमा सरकार नदेखिएको आरोप लगाएका छन् ।   प्रतिनिधिसभाको बैठकमा बोल्दै कर्णाली नदीमा फोर्स गाडी बेपत्ता हुदाँ ६ जना मानिस अझै नभेटिएको उल्लेख गर्दै बिपदमा सरकारको असफलता देखिएको उनको आरोप छ ।   ‘गृहमन्त्रीले बिपदमा हेलिकोप्टर तयार छ भन्नु भएको थियो तर सरकारको त्यो हेलिकोप्टर कर्णालीमा गएन, कसै गरी पनि उद्...

फिफाले अमेरिकन खेलाडी बालोगुन माथीकाे ‘रेड कार्ड’ लियो फिर्ता

फिफाले अमेरिकन खेलाडी बालोगुन माथीकाे ‘रेड कार्ड’ लियो फिर्ता
काठमाडौं, २२ असार। अमेरिकी पुरुष राष्ट्रिय टोलीका प्रमुख गोलकर्ता फोलारिन बालोगुनले भोलि बेल्जियमविरुद्ध हुने विश्वकप खेलमा भाग लिन पाउने भएका छन् । फिफाको अनुशासन समितिले बुधबार उनलाई दिइएको ‘रेड कार्ड’ तथा खेलबाट निष्कासनको निलम्बन फुकुवा गरेसँगै उनले खेल्न पाउने भएका हुन ।    यो समाचार सर्वप्रथम ‘द एथलेटिक’ ले सार्वजनिक गरेको थियो र यूएस सकरले यसको पुष्टि गरेको छ। सिएटल, वासिङ्टनमा हुन...