आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ९ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अत्यधिक कामले मन भारी हुन सक्छ, त्यसैले ध्यान, मेडिटेशन वा योग अभ्यास गर्नु लाभदायी हुनेछ । हतारमा गरिएको निर्णय प्रायः गलत हुन्छ, त्यसैले संयमता अपनाउनु आजको प्रमुख आवश्यकता हो । विगतको सानो कमजोरी वा गोपनीयता बाहिरिनुले मानसिक तनाव सिर्जना गर्न सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज परिवार र पार्टनरबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण समय हुन सक्छ...









