वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आव्हान गरेको छ। मन्त्रालयले यही वैशाख १२ गते नेपाल वायुसेवा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको थियो। सो सूचनाअनुसार दरखास्त सङ्कलन गरिरहेकै बेला यही वैशाख १९ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्ब...

मोरङको ग्रामथानबाट बलात्कारको आरोपमा युवक पक्राउ

मोरङको ग्रामथानबाट बलात्कारको आरोपमा युवक पक्राउ
विराटनगर : बलात्कारको आरोपमा मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङकै ग्रामथान गाउँपालिका वडा नम्बर २ का प्रिन्स खाँ थारुलाई पक्राउ गरेको हो । पक्राउ परेका थारुले किशोरीलाई ग्रामथान गाउँपालिका वडा नम्बर ६ मा रहेको आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ ।...

मोरङको कर्सियाका एक पुरुष दादरबेरियामा मृत फेला

मोरङको कर्सियाका एक पुरुष दादरबेरियामा मृत फेला
विराटनगर : मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियाका अन्दाजी ४० बर्षीय जीवन राम मृत फेला परेका छन्। मुखबाट रगत बगिरहेको अवस्थामा धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबेरियामा बिहान ५ः५५ बजेतिर राम मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त सूचना अधिकारी लेखनाथ दाहालले जानकारी दिए । मुखबाट रगत बगेको अवस्थामा राम मृत फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत...

इलेक्ट्रिक स्कुटीमा आगलागी हुँदा एकै परिवारका चार जना गम्भीर

इलेक्ट्रिक स्कुटीमा आगलागी हुँदा एकै परिवारका चार जना गम्भीर
वीरगन्ज : इलेक्ट्रिक स्कुटरकै कारण वीरगन्जमा एकै परिवारको ज्यान नै जोखिममा परेको घटना सार्वजनिक भएको छ ।घरमा चार्ज गर्न राखिएको ‘टोनमा’ कम्पनीको स्कुटरमा एकाएक आगलागी हुँदा वीरगन्ज महानगरपालिका वडा नम्बर १६, नगवा निवासी विशाल सर्राफ र उनका परिवारका सदस्यहरू गम्भीर घाइते बन्न पुगेका हुन्। बढ्दो पेट्रोलको मूल्यबाट आजित भएका विशालले एक महिना अघि खरिद गरेको उक्त स्कुटरमा गएराति आगलागी हुँदा विशालसह...

अतिक्रमित संरचना हटाउन पाेखरा महानगरकाे ३५ दिने सूचना

अतिक्रमित संरचना हटाउन पाेखरा महानगरकाे ३५ दिने सूचना
कास्की – पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन ३५ दिनको सूचना जारी गरेको छ । पृथ्वीचोक बसपार्कका लागि छुट्याइएको जग्गामा दशकौँदेखि बसोवास गरिरहेका सुकुम्वासीलाई हटाउन महानगर कार्यपालिकाको बैठकले यही वैशाख ३ गतेको निर्णयअनुसार ३५ दिने सूचना निकालेको हो । २०३२ सालमा पृथ्वीचोकमा २०५ रोपनी जमिनमा बसपार्क बनाउने योजना अघि सारिए पनि ५० वर्षसम्म काम हुन नसक्दा त्यहाँको जमिन अतिक्रमणमा परी अहिले ...

सांसदहरूलाई कानूनमन्त्रीको आग्रहः जनचासोका विषय केन्द्रित छलफल गरौँ

सांसदहरूलाई कानूनमन्त्रीको आग्रहः जनचासोका विषय केन्द्रित छलफल गरौँ
काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छन्। सोमबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको बताएकी हुन्। मन्त्री गौतमले सांसदहरूले विषय केन्द्र...

गायक खेम सेन्चुरी र मीना लामाको सहकार्यमा तयार सांगीतिक कोसेली ‘भाका सारेर’को चर्चा

गायक खेम सेन्चुरी र मीना लामाको  सहकार्यमा तयार सांगीतिक कोसेली ‘भाका सारेर’को चर्चा
काठमाडौँ। नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रकी स्थापित गायिका मीना लामाले आफ्नो नयाँ सांगीतिक कोसेली ‘भाका सारेर’ बजारमा ल्याएकी छिन्। पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक खेम सेन्चुरी र मीना लामाको स्वरले सजिएको यो गीत भर्खरै मात्र सार्वजनिक गरिएको हो। नेत्र अर्यालको शब्द रचना र नन्दु परियारको सुमधुर संगीत रहेको यस गीतलाई मीना लामाकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। मौलिक...

वैशाख २१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

वैशाख २१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । नसोचेको ठाउँबाट केही लाभ मिल्न सक्छ । भाग्योदयको समय रहेको छ । अरूले गरेको कामको मूल्याङ्कन गर्नुपर्नेछ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । वृष रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ भने व्यापार मध्यम रहनेछ ...

मलेसियाका नेपाली सेक्युरिटी गार्डहरूको दूतावासप्रति गुनासै गुनासो

मलेसियाका नेपाली सेक्युरिटी गार्डहरूको दूतावासप्रति गुनासै गुनासो
काठमाडौं : नेपालसहित विश्वभर शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइए पनि सुरक्षागार्डको रोजगारीमा मलेसिया गएका नेपाली कामदारले भने त्यसको अनुभूति गर्न पाएनन् । कारण थियो– सेक्युरिटी गार्डले सार्वजनिक बिदा नपाउनु । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको बैठकको निर्णयानुसार सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ । ...

सिजनमै घट्यो लुक्ला उडान

सिजनमै घट्यो लुक्ला उडान
काठमाडौँ, वैशाख २० गते । पश्चिम एसियामा जारी भूराजनीतिक तनावका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा हुने उडान अवतरण घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अमनचन्द्र झाका अनुसार सगरमाथा पर्यटकीय क्षेत्रमा पर्ने लुक्ला विमानस्थलमा उडान सङ्ख्या आधाले घटेको छ । “अघिल्ला वर्षमा दैनिक चार सय हाराहारीमा उडान हुनेमा अहिले करिब आधा उडान घटेका छन्,” उह...