विराटनगर : मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियाका अन्दाजी ४० बर्षीय जीवन राम मृत फेला परेका छन्। मुखबाट रगत बगिरहेको अवस्थामा धनपालथान गाउँपालिका वडा नम्बर ६ दादरबेरियामा बिहान ५ः५५ बजेतिर राम मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त सूचना अधिकारी लेखनाथ दाहालले जानकारी दिए । मुखबाट रगत बगेको अवस्थामा राम मृत फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाइएको छ ।

रामको मृत्युको विषयमा थप अनुसन्धान सुरु गरिएको समेत प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान थालेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया