प्रहरी कार्यालय सल्यानको परिसरमा फेला परेका ८६ बम सेनाद्वारा निष्क्रिय
प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख १९ गते । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका ८६ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
गत बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा जग खन्ने क्रममा शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको थियो । निरन्तरको उत्खननका क्रममा शनिबार बिहानसम्म कुल ८६ वटा बम फेला परेको जिल्ला प्...









