मेष
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । नसोचेको ठाउँबाट केही लाभ मिल्न सक्छ । भाग्योदयको समय रहेको छ । अरूले गरेको कामको मूल्याङ्कन गर्नुपर्नेछ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ ।

वृष
रमाइलो तरिकाले काम गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ भने व्यापार मध्यम रहनेछ । कतैबाट आर्थिक लाभ हुने सम्भावना छ, तर चनाखो रहनुहोला । केही अधुरा काम सम्पन्न हुनेछन् । पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धार्मिक कार्यमा संलग्न हुने समय छ ।

मिथुन
खर्च गर्दा होस पुर्‍याउनुहोस् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । सहयोगको आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना छ, त्यसैले अरूमा कम भर पर्नुहोस् । केही विवादमा पर्न सकिने योग छ । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ ।

कर्कट
काममा बाधा आउने सम्भावना छ, जसले प्रगति सुस्त बनाउनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने हुन सक्छ । जागिरमा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्न सक्छ र मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।

सिंह
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा सावधानी अपनाउनुहोस् । आतिथ्यपूर्ण सम्मान पाइनेछ । नयाँ रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ ।

कन्या
नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी हुनेछन् । अरूले तपाईंको प्रशंसा गर्न सक्छन् । दीर्घकालीन फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पाइनेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।

तुला
पेट सम्बन्धी समस्याले स्वास्थ्य कमजोर बनाउन सक्छ । काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी नगर्नु राम्रो हुन्छ । बाध्यतावश काम गर्नुपर्न सक्छ । धेरै बोल्ने बानीले समस्या निम्त्याउन सक्छ । धन हानि हुने सम्भावना छ, तर महत्वपूर्ण काममा सफलता मिल्न सक्छ ।

वृश्चिक
कामको सफलताले थप ऊर्जा दिनेछ । धन र अन्नको लाभ हुन सक्छ । प्रेम सम्बन्ध सुखद रहनेछ । सकारात्मक ग्रह प्रभावले जोस, जाँगर र उत्साह बढ्नेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी हुनेछ । मन्दिर भ्रमणको योग छ ।

धनु
आर्थिक क्षेत्रमा उन्नति हुनेछ । यात्राको योग छ । परिवारमा खुशीको माहोल रहनेछ । प्रयास जारी राखे लक्ष्य प्राप्त गर्न सकिनेछ । कामबाट फाइदा हुने समय छ । धन आर्जनको योग छ, तर जागिरमा केही समस्या आउन सक्छ ।

मकर
स्वास्थ्यमा सुधार आउनेछ । पढाइमा ध्यान केन्द्रित हुनेछ । सही निर्णय गर्ने योग छ । व्यवसायिक क्षेत्रमा केही समस्या आउन सक्छ । टाढाको यात्राको योग छ । सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामहरू बिस्तारै सफल हुँदै जानेछन् ।

कुम्भ
सोचे अनुसार काम बन्न कठिन हुनेछ । नयाँ लुगा र मीठो खानाको आनन्द मिल्नेछ । केही आर्थिक हानि हुन सक्छ । समय व्यवस्थापनमा समस्या आउन सक्छ । भौतिक साधन बिग्रन सक्छन् । खर्च बढ्नेछ । कुन काम गर्ने भन्ने निर्णयमा अन्योल रहनेछ ।

मीन
अधुरा काम पूरा हुनेछन् र नयाँ कामको अवसर मिल्नेछ । नोकरीमा प्रभाव बढाउन सकिनेछ । दिन सामान्य रहनेछ । अध्ययनमा ध्यान दिन कठिन हुन सक्छ । ग्रहको सहयोगले प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धामा सफलता दिलाउनेछ ।

तपाईको प्रतिक्रिया