विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने
काठमाडौँ, पुस २ गते । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै गर्ने गरी पञ्चाङ्गकारसमेतको संयुक्त बैठक बसी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विविध कारणबाट पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकीग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने एवम् थप छलफल गर्नुपर्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले ...









