काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प...









