- जिवनकला खत्री \'सरिता\'

चर्चित गाएक बिष्णु खत्रीको भरिया दाई एल्वम निकै चर्चित छ । ‘भरिया दाईले बिसाउने भारि सुनमाया डाँडैको चौतारी’ ‘तर त्यहि एल्वममा समाबेश गरिएको गीतको एक शब्द भरियाँको बिसाई फेने ठाँउँ चौतारी संरक्षणको अभाबमा गीतमै सिमित बन्न थालेको छ ।

गलकोटमा पछिल्लो समय वर पिपल सहितका थकाई मार्नेै चौतारीहरु हराउदै जान थालेका छन् । विगतमा थकाई मार्ने चौतारीहरु पछिल्लो समय सडक विस्तार सँगै संरक्षणमा कसैको ध्यान नजादाँ हराउदै गएका हुन ।

पुराना पुस्ताले रोपेका वरपीपल सँगै बनाएका चौतारी नयाँ पुस्ताले संरक्षण गर्न चासो नदिदाँ चौतारी सँगैका वर तथा पिपल मासिदै गएका छन् । केहि वर्ष अघि सम्म थकाई मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिसहरु ठाँउ ठाँउका चौतारीहरुमा प्रशस्त देखिन्थ्यो । तर अहिले तिनै चौतारी सँगै वर पिपल समेत देखिनै छोडेको स्थानियको भनाई छ ।

केहि वर्ष अगाडि भरिया दाईले विसाउने भारी सुन माया डाडैको चौतारी विष्णु खत्रीको यो गितले भरियाको वास्तविक जिबनको कथा गित मार्फत भने जस्तो लाग्थ्यो । तर अहिले गाँउगाँउमा मोटरबाटो पुगिसकेको छ । मानिसले भारी बोक्न छोडिसकेका छन् । मानिसको सट्टा विभिन्न सवारी साधनले सामानहरु बोक्ने गरेका छन् । तर पछिल्लो समय नत थकाई मार्न चौतारी भेट्न सकिन्छ । नत चौतारीमा बसेर दुःख सुखका कुरा गर्ने मानिसहरु नै भेट्न सकिन्छ ।

बैदेशिक रोजगारीका लागि युवाहरु विदेशमा छन् । गाँउघरमा वृद्धवृद्धा र केटाकेटीहरु मात्र भेट्न सकिन्छ । गाँउघरमा भएका युवा पुस्ताले समेत चौतारी संरक्षणमा ध्यान नदिदाँ वरपिपल सँगै चौतारी समेत मासिएका हुन् ।कुनै बेला धार्मिक आस्थाका कारण रोपेर हुर्काएका वर पीपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजका भएका समस्या र विवादमा भेला हुने थलो पनि चौतारी थियो  । तर हिजो आज विवाद भए पनि चौतारीमा विवादको समाधान गर्न प्रवृद्धि समेत हराईसकेको छ र हराई सकेका छन् चौतारीहरु पनि, पुराना पुस्ताले रोपेका वरपीपल र बनाएका चौतारीको महत्त्व भने अहिले सडक विस्तारले गर्दा हराईसकेको गलकोट नगरपालिका वडा नं ६ का सेर बहादुर खत्रीले बताउनुभयो ।

पहिला पहिला त दिनभर चौतारीमा बस्यो गाईभैसी चरायो सुखदुखका गफ गर्यो बस्यो अहिले त त्यस्ता दिन पनि छैनन् र चौतारीहरु पनि छैनन । खत्रीले भन्नुभयो पहिला गाँउघरमा मोटरबाटो पुगेको थिएन भारि भरिया वा खच्चडले बोक्ने गर्दथे भरियाले चौतारीमा वर पिपलको छायाँ सँगै थकाई मार्ने गर्दथे तर अहिले भने चौतारी भेट्न समेत गाहो छ । केहि वर्ष अगाडि सम्म गाउँमा वरपीपल सहितको चौतारी हुनुपर्छ भन्ने भावना सबैमा हुन्थ्यो । तर अहिले भएका चौतारी पनि मर्मत गर्न भन्दा पनि सडक खन्दा होस् या अन्य विकास निर्माणका कार्य गर्दा भत्काउने गरिएको छ । भत्काएका चौतारीलाई पनि स्तान्तरण नगरिदा पछिल्लो समय चौतारीहरु विस्तापित बन्दै गएका छन् । पहिला वरपीपल रोप्ने, विवाहको संस्कार गर्ने र चौतारा बनाउने धार्मिक विश्वास समेत रहेको थियो । हामीले गाउँका बाटो –बाटोमा वरपीपल रोपिन्थ्यो चौतारी बनाइन्थ्यो ।

उकाली–ओराली गर्ने स्थानमा पनि चौतारी बनाउनुपर्छ भन्ने भावना सबैमा हुन्थ्यो । पहिला त बैशाख महिना भरि र अरु महिनामा शनिवारको दिन भगवान् विष्णुको प्रतिको रुपमा रहेका वर पिपलको रुखमा पानी हाल्ने प्रचलन थियो । अहिले त त्यो वर पिपलमा पुजा गर्न र पानी हाल्नै कै लागि पनि कहाँ छन् । चौतारी र बर पिपल भने र खोज्नुपर्ने अवस्था आईसक्यो गलकोट नगरपालिका वडा नं ६ का स्थानिय लक्ष्मी खत्रीले भन्नुभयो । पहिला पहिला त बिहान बिहानै नजिकै चौतारीमा गएर बर पिपलमा पुजा गरिन्थ्यो तर अहिले त्यो चलन समेत हराउदै गएको गलकोट नगरपालिका वडा नं ५ दासिङडाँडा कि स्थानिय ७९ वर्षिय बसुन्धरा बस्नेतले बताउनुभयो ।

केहि वर्ष पहिला सम्म वृद्धवृद्धाको गफ गर्ने र भेटघाट गर्ने ठाउँ चौतारी नै हुन्थे । झगडाहरू पर्दा न्याय पाउने ठाँउ नै चौतारी हुन्थ्यो । तर अहिले चौतारी सँगै वर पिपल समेत हराउदै गएका छन् । पहिला वरपीपल रोपेको ठाउँमा ढुंगाका कलात्मक चौतारा बनाउने चलन थियो तर अहिले भने विस्तारै वर पिपल र चौताराहरु नै हराउदै गएको स्थानिय बुढापाकाको भनाई छ ।
गलकोटका विभिन्न सार्वजनिक स्थलमा पुरातात्विक महत्व बोकेका धेरै वर पिपल सँगैका चौतारीहरु जिर्ण अवस्थामा रहेको छन् । तर पनि विकास निर्माणको काम गर्दै गर्दा पनि मासिदै गएका छन् । पुराना चौतारी तथा वर पिपलको संरक्षणमा कसैको पनि ध्यान नगएको स्थानियको बुझाई छ । गलकोटका गाँउ गाउँमा मोटरबाटो विस्तार तीव्र गतिमा हुँदा यस्ता पुराना वर पिपलका रुख तथा चौतारा मासिदै जान थालेका हुन् ।

तपाईको प्रतिक्रिया