काठमाडौं/ काठमाडौंकाे गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीकाे राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र तथा राजविराज–१३ घर भइ हाल काठमाडौं–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशंकर गुप्ता रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार टोखा नगरपालिका–९ गोंगबु शिव मन्दिरस्थित काबेली गेष्ट हाउसमा जाँच गर्ने क्रममा ४५ राउन्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।







