नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा गायक उत्साह कान्त मैनालीको स्वरमा रहेको नयाँ नेपाली गीत ‘यहाँ कति आए’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
जनक वाग्लेको मार्मिक शब्द सिर्जनामा तयार गरिएको गीतले समाजको यथार्थ, मानवीय सम्बन्ध, संघर्ष र जीवनका विविध भावनात्मक पक्षलाई समेटेको छ। गीतका शब्दहरूले जीवनका उतारचढाव र बदलिँदो सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।
गीतमा रिमेश कुमार थापाको संगीत तथा एरेञ्ज रहेको छ भने चन्द्र चौधरीले मिक्स तथा मास्टर गरेका हुन्। संगीत संयोजनमा आधुनिकता र नेपालीपनको सुन्दर मिश्रण सुन्न सकिन्छ।
गीतको भिडियोमा सुर्बिर पण्डित, एके अर्जुन खड्का र बिनिता दाहालको अभिनय रहेको छ। अर्जुन कटुवालको छायांकन, अर्जुन खड्काको सम्पादन तथा बिजय मगरको निर्देशनमा तयार गरिएको भिडियोले सामाजिक यथार्थलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।







