नसर्ने रोगका कारण आँखाको समस्या बढ्ने नेपालमा गरेको अध्ययनको निष्कर्ष
काठमाण्डाै – नेपालमा गरेको एउटा अध्ययनले नसर्ने रोगका कारण आँखामा हुने समस्याको जोखिम बढेको देखाएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानले झन्डै पाँच हजार जनालाई समेटेर गरेको काठमाण्डाै केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी पाइएको हो । आज सार्वजनिक प्रतिवेदन अनुसार उच्च रक्तचाप भएका सहभागीहरूमध्ये एक प्रतिशतमा ‘हाइपरटेन्सिभ रेटिनोप्याथी’ थियो भने मधुमेह भएकाहरूमध्ये ७ दशमलव ३ प्रत...








