‘मेरो आफ्नै संसार’मा समेटियो पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयाम
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ...









