एउटा मिठो प्रेम कथा: ‘मेरो कोही छ’ सार्वजनिक
काठमाडौं: वसन्त ऋतुको आगमन सँगै नेपाली सुगम संगीतको आकाशमा एउटा नयाँ र प्रेमिल गीत थपिएको छ। माया गर्ने जोडीहरूका लागि एउटा मिठो सांगीतिक उपहार स्वरूप युगल रोमान्टिक गीत 'मेरो कोही छ' भिडियो सहित सार्वजनिक भएको छ।
यस गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाण्डे र सुमधुर आवाजका गायक सबिन सुवेदीले प्राण भरेका छन्। गीत सुन्ने बित्तिकै गुनगुनाउन मन लाग्ने शब्द र संगीत चर्चित संगीतकार दीपक शर्माले...









