नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार बिनिता कार्की अहिले फिल्म ‘पीआर’ मार्फत चर्चामा छिन्। मोडलिङबाट सुरु भएको उनको यात्रा अहिले अभिनयतर्फ केन्द्रित हुँदै नेपाली फिल्म उद्योगमा आफ्नो पहिचान बनाइरहेकी छिन्।
अष्ट्रेलियामा रहेका नेपाली युवाको कथा बोकेको फिल्म ‘पीआर’ ले दर्शकको राम्रो ध्यान खिच्यो। बिनिता कार्कीले यस फिल्मले प्रवासमा रहेका नेपाली युवाको जीवन, संघर्ष र सपनालाई वास्तविक रूपमा प्रस्तुत गरेको बताएकी छिन्।
रेखा थापा, झरना थापा र निरुता सिंहजस्ता कलाकारबाट प्रभावित हुँदै हुर्किएकी उनले सानैदेखि अभिनेत्री बन्ने सपना देखेकी थिइन्। उनि शोभित बस्नेत निर्देशित ‘पीआर’ मा मुख्य भूमिकामा काम गर्न पाउँदा उनी निकै खुशी छिन्।









शब्द:तेजन खड्का
तस्वीर : उज्वल घिमिरे
मेकअप: जेनी सिलवाल घिमिरे







