अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी नेपाली गायिका जेनिशा गौतमले नयाँ गीत ‘फूल फूल्यो केशरी…’ सार्वजनिक गर्ने तयारी गरेकी छन् । वैदेशिक भूमिमा रहेर पनि उनले नेपाली गीत–संगीतप्रतिको लगावलाई निरन्तरता दिँदै आएकी छन् ।
एक दर्जनभन्दा बढी गीत बजारमा ल्याइसकेकी जेनिशाले यसपटक नयाँ शैली र प्रस्तुतीसहित ‘फूल फूल्यो केशरी…’ बोलको गीत तथा यसको म्युजिक भिडियो दर्शकमाझ ल्याउन लागेकी हुन् । गीतको भिडियो सिड्नीस्थित नेपालीहरूको बाक्लो बसोबास रहेको अर्बन पार्क लगायत रमणीय स्थानहरूमा छायांकन गरिएको बताइएको छ ।
जेनिशा गायिकासँगै मोडल तथा कुशल नृत्यांगना समेत हुन् । उक्त गीतमा चर्चित गायक प्रताप दास ले स्वरमा साथ दिएका छन् । नयाँ गीतले नेपाली संगीतप्रेमीमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया