काठमाण्डौं / नेपाली गीत–संगीत क्षेत्रमा नयाँ गीत ‘चलाएउ तिमिले मुटु माई छुरा’ सार्वजनिक गरिएको छ । चर्चित गायिका सिमरन परियार को स्वरमा सजिएको गीतले प्रेम, पीडा र भावनात्मक अनुभूति प्रस्तुत गरेको छ ।
गीतका शब्द श्री आङ्बुहाङ लिम्बु ले लेखेका हुन् भने संगीत इन्द्र दाहाल शिशिर ले दिएका छन् । गीतको संगीत संयोजन विशाल निरौलाले गरेका हुन् । रञ्जन राईले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
गीतको भिडियो निर्देशन टेकराज बटालाले गरेका छन् । राम केसी एण्ड टिमको छायांकन रहेको भिडियोमा लक्ष्मण चौहानले सम्पादन तथा पोस्टर डिजाइन गरेका छन् भने रङ संयोजन मिन रावलले गरेका छन् ।
भावनात्मक शब्द, सुमधुर स्वर तथा आकर्षक भिडियो प्रस्तुतिका कारण गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ ।







