राजस्व असुलीमा कमी: विराटनगर कार्यालय लक्ष्यभन्दा करिब दुई अर्ब रुपैयाँ पछाडि

राजस्व असुलीमा कमी: विराटनगर कार्यालय लक्ष्यभन्दा करिब दुई अर्ब रुपैयाँ पछाडि
काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए । संकलित राजस्वमा आयकर चार अर...

सिँचाइ कार्यालय सर्लाहीका प्रमुखसहित दुई जना घुससहित पक्राउ

सिँचाइ कार्यालय सर्लाहीका प्रमुखसहित दुई जना घुससहित पक्राउ
काठमाडौँ, साउन ९ गते । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख सिडिई अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीलाई सात लाख ५० हजार रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम...

स्मार्टफोनको प्रयोगसँगै आयात बढ्दो

स्मार्टफोनको प्रयोगसँगै आयात बढ्दो
काठमाण्डौ — स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढेको छ । गएको आर्थिक वर्ष २०८२/०८३ मा झण्डै ४९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन र २४ करोड रुपैयाँको स्मार्टवाच आयात भएको भन्सार विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात भएको हो । अघिल्लो आर्थिक वर्षमा ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बर...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैङ्कद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैङ्कद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरि...

PAN बन्द गराउने नाममा घुस लिने महानगरका लेखा अधिकृत पक्राउ

PAN बन्द गराउने नाममा घुस लिने महानगरका लेखा अधिकृत पक्राउ
काठमाडौं, काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्थायी लेखा नम्बर (PAN) बन्द गर्न आवश्यक सिफारिस उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनापछि खटिएको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहे...

तस्करीका २४ सय दश केजी माछासहित अण्डा, मासु र कुखुरा नष्ट

तस्करीका २४ सय दश केजी माछासहित अण्डा, मासु र कुखुरा नष्ट
विराटनगर/ भारतबाट चोरी–तस्करी गरी नेपाल भित्र्याइएका खान अयोग्य माछा, अण्डा, मासु र कुखुरालगायत खाद्यजन्य वस्तु आर्थिक वर्ष २०८२÷८३ मा विराटनगरस्थित पशु क्वारेन्टिन कार्यालयले नष्ट गरेको छ। कार्यालयका प्रमुख विदुर प्रसाद गौतमका अनुसार गत आर्थिक वर्षमा २ हजार ४१० केजी भारतीय माछा, ७ सय केजी सिध्रा माछा, १२४ क्रेट सेतो अण्डा, १६५ केजी काँचो मासु र ६५ केजी बाख्राको काँचो छाला नष्ट गरिएको हो। त्यसै...

सीमा अनुगमनका लागि मन्त्रीस्तरीय टास्क फोर्स बन्छ : गृहमन्त्री गुरुङ

सीमा अनुगमनका लागि मन्त्रीस्तरीय टास्क फोर्स बन्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले सीमानाकाको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयम् जाने अभ्यासको सट्टा मन्त्रीस्तरीय टास्क फोर्स गठन गर्ने तयारी गरिएको बताएका छन् । शुक्रबार राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् । उनले गृहमन्त्री सीमा नाकामा पुग्दा भिडभाड बढ्ने, काम गर्...

११ हजार धाराबाट २४ सै घण्टा खानेपानी सेवा, बिर्तामोड खानेपानीले सार्वजनिक गर्‍यो भावी योजना

११ हजार धाराबाट २४ सै घण्टा खानेपानी सेवा, बिर्तामोड खानेपानीले सार्वजनिक गर्‍यो भावी योजना
झापा : बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौँ कार्यकालमा हासिल भएका प्रगति र आगामी योजनाबारे जानकारी गराएको छ। ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको संस्थाले हाल ११ हजार धारामार्फत करिब एक लाख नागरिकलाई चौबीसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराइरहेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मेघराज बाँस्तोला...

आजको राशिफलः बिसं २०८३ साउन ९ गते शनिवार

आजको राशिफलः बिसं २०८३ साउन ९ गते शनिवार
आजको राशिफलः बिसं २०८३ साउन ९ गते शनिवार, ई सं २०२६ जुलाई २५, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ दिल्लाथ्व एकादशी,  आषाढ शुक्ल पक्ष, असार शुक्ल एकादशी, नक्षत्रः अनुराधा, चन्द्रमा बृश्चिक राशीमा, सुर्य कर्कट राशीमा, योगः ब्रम्हा, करणः भद्रा । आज हरिशयनी एकादशी व्रत अर्थात तुलसी रोप्ने तथा चतुर्मास व्रत आरम्भ गर्ने पनि दिन हो । आज नेपालमा सुर्योदय बिहान ५ः२४ मिनेटमा र सूर्यास्त साँझ ०६ः५...

अवैध रूपमा भारत लैजान लागिएको २३ कार्टुन चिनियाँ स्याउ बरामद

अवैध रूपमा भारत लैजान लागिएको २३ कार्टुन चिनियाँ स्याउ बरामद
विराटनगर/ विराटनगर–रानी सीमा नाकाबाट अवैध रूपमा भारततर्फ ओसारपसार गर्न लागिएको २३ कार्टुन चिनियाँ स्याउ सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर रानीबाट डीएसपी तिलकबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार रानी सीमा क्षेत्रस्थित चाइना बजारको एक होटलको पछाडिको झ्यालबाट स्याउ लोड गरिरहेको अवस्थामा उक्त परिमाणको स्याउ नियन्त्रणमा लिएको हो। डीएसपी खड्काका ...