सुर्खेत, २४ गते ।
कर्णाली प्रदेश सरकारको प्रवक्तामा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्का नियुक्त भएकी छिन ।
आज बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको हो ।
नवनियुक्त प्रवक्ता खड्काका अनुसार आजको वैठकले विभिन्न पाँच ओटा निर्णय गरेको छ ।
‘कर्णाली प्रदेश सभाका सांसदहरुका स्वकीय सचिवहरुको सेवा सुविधा दिने निर्णय भएको छ । उहाँहरुलेचालु आर्थिक वर्ष देखि तलब पाउनुहुनेछ ।’ २०८२ साल असोज देखि रोकिएको सेवा सुविधाबारे जानकारी दिदैँ प्रवक्ता खड्काले भनिन्, ‘प्रदेश सभा सांसदहरुकालागि यो सुविधा अत्यावश्यक भएका कारण सरकारले निर्णय गरेको हो । अन्य प्रदेशमा यसअघि नै स्वकीयको सेवा सुविधाका बारेमा निर्णय भइसकेको यहाँहरुलाई जानकारी नै होला ।’
उनले कर्णाली प्रदेश लोकसेवा आयोगको सचिवमा रामबहादुर कुरुम्वाङ्गलाई पदस्थापन गर्नेनिर्णय भएको जानकारी दिईन ।
यस्तै, विगत लामो समयदेख अलपत्र परेको दैलेखको आठबीस नगरपालिका स्थित राकम कर्णालीमा रहेको ईलाका प्रहरी कार्यालय भवन निर्माण सम्पन्न गर्न कर्णाली प्रदेश सरकारले विनियोजन गरेको एक करोड ६ लाख ५० हजार रुपैंयाको अख्तियारी प्रदान गर्न संघीय गृह मन्त्रालय र संघीय अर्थ मन्त्रालयको स्वीकृतिम ाग गर्ने निर्णय मन्त्रीपरिषदको वैठकले गरेको छ ।
आजको वैठकले दलित समुदाय सशक्तिकरण र जीवनस्तर प्रवृद्धन ऐन २०८१ को पहिलो संशोधन विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता खड्काले बताईन ।





