काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
झापा। पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ। एसियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रूपैयाँ ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ। सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ। आयोजना पूर्वी र पश्...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
दाङ। यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार रुपैयाँ जरिव...

प्रधानको राजीनामा स्वीकृत, जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

प्रधानको राजीनामा स्वीकृत, जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गरेकी हुन्। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जि...

पाँचथर अस्पतालमा सेवा व्यवस्थापनमा चुनौती

पाँचथर अस्पतालमा सेवा व्यवस्थापनमा चुनौती
पाँचथर::पन्ध्र शैया सञ्चालनको स्विकृति रहेको पाँचथर जिल्ला अस्पताललाई ६५ शैयामा विस्तार गरिएपनि पनि जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापन भने चुनौती देखिएको छ । १५ शैयाको स्वीकृति पाएको अस्पताललाई विकसा समितिले तीन वर्ष अघिदेखि ६५ शैयामा सेवा विस्तार गरेको छ । तर आवश्यकता अनुसार चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, बजेट र भौतिक पूर्वाधार विस्तार हुन नसक्दा सेवा व्यवस्थापनमा दबाब बढेको हो । पराम...

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घ...

विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ, अनुसन्धान सुरु

विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ, अनुसन्धान सुरु
विराटनगर : मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो। झापाको गौरादह नगरपालिका–४ निवासी अध...

साउन १० गते आइतबार, यस्तो छ तपाईको राशिफल

साउन १० गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा नयाँ जिम्मेवारी थपिन सक्छ । आर्थिक पक्ष सामान्य रहनेछ तर अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । परिवारको साथले मनोबल बढ्नेछ । स्वास्थ्यमा टाउको दुखाइ वा थकानको समस्या देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोस् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार तथा पेशामा सकारात्मक प्रगति हुनेछ । रोकिएका काम अघि बढ्ने सम्भावना छ । साथीभाइसँगको सहका...

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
जनकपुरधाम।गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको जनाएको छ। कार्यालय प्रमुख वि...

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ
भद्रपुर (झापा), ९ साउन । बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार राति करिब ११ः०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनी ...

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु
किभ, साउन ९ गते । युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो । घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको...