रोल्पामा तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गुम्यो
दाङ- रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजला आएका तीर्थयात्री चढेको जिप थबाङ र उवाको सिमानामा बिहीबार दिउँसो दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट १६ तीर्थयात्री र एक चालक लिएर उक्त जिप रोल्पाको जलजलातर्फ आउने क्रममा थबाङ गाउँपालिका–१ र ४ नम्बर को सिमानामा पर्ने डाँडामा दुर्घटनामा पर्दा जिपमा रहेका सबैको मृत्यु भएको छ।
पानी परिरहेकाले सडक चिप्लो हुँदा जिप दुर्...








